Close sidebar

उपाधि सगरमाथाले उचाल्दै प्रथम खजुरा तिज महोत्सव सम्पन्न

अशोज २, २०८०

नेपालगन्ज, बाँकेको खजुरा एक नम्बर बजारमा आयोजना गरिएको प्रथम खजुरा तिज महोत्सवको सामुहिक न्युत्य तर्फको उपाधि सगरमाथा डान्स एण्ड इन्टरटेन्मेट ग्रुपले जितेको छ । आदर्श युवा सञ्जाल खजुराले तिजको दिनमा आयोजना गरेको महोत्सवमा सामुहिक न्युत्य तर्फ २० वटा टिमले सहभागिता जनाएका थिए । खजुरा रिमझिम चोक स्थित रहेको सगरमाथा डान्स एण्ड इन्टरटेन्मेट ग्रुपले प्रथम भएर ५० हजार नगद पुरस्कार जितेको हो ।

सामुहिक न्युत्य तर्फ दोश्रो दिपक बोडिङ्ख स्कल भएर ३० हजार नगद प्राप्त गर्यो । नेपालगन्जको जय बागेश्वरी मावि तेश्रो बन्यो । जय वागेश्वरीले १५ हजार पुरस्कार पायो । खजुरामा रहेको जनता नमुना माविले सान्तवना प्राप्त गरेर १० हजार नगद प्राप्त गरेको सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए । सामुहिक तर्फको पुरस्कार खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका लिल बहादुर थापा –हाल अमेरिका)बाट सौजन्य भएको सांस्कृति उप समितिका संयोजक दाहालले जनाए । सञ्जालका अध्यक्ष कल्पना तामाङ्खको अध्यक्षतामा भएको महोत्सवमा चर्चित लोक तथा दोहोरी गायिका टिका पुन, लोक तथा दोहोरी गायक जय देवकोटा, मोडल तथा डान्सर आरुषि मगर, दिलु सुनार लगाएतले प्रस्तुती दिएका थिए ।

खजुरामा तिजमा पहिलो पटक राष्ट्रिय कलाकार सहित भव्य कार्यक्रम आयोजना हुदाँ खजुराको रौनक थप बढेको खजुरा गाउँपालिकाका अध्यक्ष तथा महोत्सवका प्रमुख अतिथि डम्बर बहादुर विकले बताए । खजुरा एक नम्बरमा आदर्श युवा सञ्जालले यतिहासिक कार्यक्रम गर्न सफल बनेको भन्दै थप सामाजिक कार्यमा लाग्न अनुरोध गरे । कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, गाउँपालिकाका पुर्व उपाध्यक्ष एकमाया विक, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, सामाजिक व्यत्तित्वहरु लगाएतको बाक्लो उपस्थिती रहेको थियो । प्रथम खजुरा तिज महोत्सवमा एकल तिज न्युत्य प्रतियोगिता पनि गराइएको थियो । एकल तर्फ कोहलपुरकी करिश्मा शाहि ठकुरीले प्रथम पुरस्कार प्राप्त गर्दै सुनको ब्रास्लेट प्राप्त गरिन । एकल तर्फ पुरस्कार एक नम्बर बजारमा रहेको एलिसा ज्वलर्स र सम्राठ सुन चादि पसलले गरेको थियो ।

महोत्सव हेर्न आउने दर्शकलाई निःशुल्क खानेपानीको व्यवस्था गरेको सञ्जालका सदस्य तथा आर्थिक व्यवस्थापन उप समितिका संयोजक भरत जैसिले जानकारी दिए । पानि निःशुल्क खुवाउनका लागि खजुरा डि गाउँ निवासी हाल अमेरिका बस्ने लिल बहादुर थापाले आर्थिक सहयोग गरेको जैसिले जनाए । महोत्सवमा लिल बहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । अमेरिका भएको कारणले थापाको सम्मान उनका दाई बालविर थापाले थापेका थिए ।

कार्यक्रममा कलाकार तथा सहयोगिहरुलाई समेत मायाको चिनो सहित सम्मान गरिएको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए । महोत्सवको सन्चालन तिलक गाउँले र बर्षा पाण्डेले गर्नुभएको थियो । सञ्जालले आगामि शनिबार महिला दिदिबहिनीहरुका लागि एक दिने निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया