Close sidebar

ब्युटिसियन मिस तिज २०८० नेपालगन्जमा

भदौ २४, २०८०

नेपालगन्ज, नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर गर्न लागिएको सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र २५ गते भोलि सोमबार मध्यान्ह १२ बजेदेखि नेपालगन्ज सुर्खेत रोड स्थित सिद्धार्थ कटेजमा हुने भएको छ ।

न्यू लुक कम्पनीको मुख्य प्रायोजन तथा प्लानेट बुटिकको सह-प्रायोजनमा हुन लागेको प्रतियोगितामा बाँके जिल्लामा रहेका २५ जना ब्यूटीसियनहरुले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालगन्जमा महिनैपिच्छे विभिन्न सौन्दर्य प्रतियोगिता संग सम्बधित कार्यक्रमहरु भएता पनि यसरी पेशाकर्मी लक्षित कार्यक्रम भने अत्यन्त न्यूनरुपमा हुने गरेको छ । तसर्थ कार्यक्रममा आएर हौसला बढाइदिन सम्पूर्ण नगरवासीमा आयोजकले अपील समेत गरेको छ ।

भोलि हुने उक्त कार्यक्रमको संचालन नेपालगन्जका चर्चित संचारकर्मी समिर मान श्रेष्ठले गर्नेछन् ।

टिकट तथा अन्य जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ । ९८५८०३२३७८ ( सानू ओझा) ९८६८२१४४७१ ( गीता भण्डारी )

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया