नेपालगन्ज – आदर्शनगर नेपालगन्ज स्थित लक्जरी मल्टिप्लेक्स हल ” सिने रोयल ” आज बाट सञ्चालनमा आएको छ ।
करिब २५ करोड लागतमा निर्माण सम्पन्न भएको नेपाल कै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन ‘ मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलमा लक्जरी २ सय ५० जना सिट क्षमताका दुई वटा हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको एउटा हल रहेको छ ।
आज बिहीवार एक कार्यक्रमको आयोजना गर्दै नेपालगन्जका चर्चित संचारकर्मी समिर मान श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमबाट औपचारिक रुपले सुरु गरिएको सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हलमा एकैपटक ३ वटा चलचित्र सञ्चालन हुने छ ।

प्रदर्शनमा आउने अन्य चलचित्र भन्दा नेपाली चलचित्रलाई बढि प्रथामिकता दिने सञ्चालक डा.राहुल थापाले बताए । रोयलको औपचारिक सञ्चालन कार्यक्रममा नेपालगन्जका नेता, ब्यापारी , पत्रकार लगायत अन्य दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। हल सञ्चालन थापाका अनुसार भोलि शुक्रबार बाट दर्शकले स शुल्क चलचित्र हेर्न पाउनेछन् ।
तस्बिर – सामाजिक संजाल