Close sidebar

नेपालगन्जमा जारीको ५१औं दिन,ब्यापार कती ?

जेष्ठ २०, २०८०

नेपालगन्ज – चलचित्र प्रदर्शनको ५१औं दिने यात्रा यस वर्षका लागि चलचित्र ‘जारी’ले पूरा गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्रले आज शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाउदै छ। निर्माण कम्पनी बासुरी फिल्म्सले ५१औं दिने खुसीमा एक पोस्टरमार्फत् दर्शकलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

चलचित्रले ५१औं दिने यात्रामा १६ करोड ७५ लाख ग्रस कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिएको छ । कति हलमा अझै बक्सअफिस सिस्टम जडान नभएकाले बोर्डको तथ्यांकभन्दा चलचित्रको कमाई १० प्रतिशत बढी हुनसक्ने देखिन्छ । यसरी हेर्दा चलचित्रले घरेलू बक्स अफिसमा साढे १७ करोड नजिक कमाई गरेको हुनसक्ने अनुमान छ।


नेपालगन्जको हकमा चलचित्रले प्रदर्शनको ५१ दिन संगै ब्यापार पनि राम्रो गरेको छ। आज सम्मको ब्यापारलाई अनुमान गर्ने हो भने चलचित्रले ४५लाख नजिकको ब्यापार गरिसकेको छ भने यो हप्ता चलचित्रको ब्यापार राम्रो हुने अनुमान रहेको हल प्रबन्धक सन्जिब शाक्यले बताए। यही बर्ष चलचित्र छक्का पन्जा ४ ले पनि नेपालगन्जमा ५१औं दिन मनाएको थियो ।

उपेन्द्र सुब्बाको निर्देशित चलचित्रले विदेशी भूमिमा पनि जबर्जस्त कमाई गरेको छ । जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा चलचित्रका प्राय सबै शो हाउसफुल भएका छन् । बलियो ‘वर्ड अफ माउथ’का कारणले पनि चलचित्रले प्रदर्शनको ५१औं दिने यात्रा पूरा गर्न सम्भव भएको हो ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगरका अलावा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्माता रहेको चलचित्रलाई निर्देशक सुब्बा स्वयंले लेखेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया