Close sidebar

सुमनले गरिन दिया मेकअप स्टूडियोको उद्घाटन

बैशाख ३१, २०८०

नेपालगन्ज – नेपालगन्जको सेतु बिक चोक नजिकै रहेको दिया मेकअप स्टूडियो आज बाट सञ्चालनमा आएको छ । मिस नेपालगन्ज २०१५ कि बिजेता सुमन थापाले एक समारोहकाविच रिवन काटेर दिया मेकअप स्टूडियोको औपचारिक उद्घाटन गरेकी हुन ।

उक्त स्टूडियोमा मेकअपका सम्पुर्ण कामहरु हुने स्टूडियोका सञ्चालिका दिया रोकायले जानकारी दिइन् । स्टूडियो सञ्चालिका रोकायका अनुसार दिया स्टूडियोमा थ्रेडीङ्ग, फेसियल, वाक्स, सिम्पल मेकअप, हेबी मेकअप, ब्राईडल मेकअपका साथै मेहन्दीका कामहरु सुपथ मूल्यमा गरिनुका साथै मेकअप सम्बन्धि ट्रेनिङ्ग समेत दिईनेछ ।

आफ्नो नयाँ स्टूडियो तथा ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई स्कीन केयर, सेल्फ मेकअप सम्बन्धी जानकारी गराउनु रहेको उनले बताईन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया