Close sidebar

प्रभासको ‘आदिपुरुष’ ट्रेलर सार्वजनिक

बैशाख २६, २०८०

बाहुबली अभिनेता प्रभासको बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक भएको छ । यो भन्दा पहिले रिलिज भएको टिजरले विवाद उत्पन्न गरेको थियो । अब हेरौ सार्वजनिक ट्रेलरले कस्तो हंगामा मच्याउछ। चलचित्रमा प्रभास भगवान रामको भूमिकामा देखिएका छन् भने सीताको भूमिकामा कृति सेनन छन् ।

३ मिनेट १९ सेकेन्डको ट्रेलरमा हनुमानको बहादुरी र शक्ति, राम-सीताको प्रेम, राम बनवास गएपछि रावणले सीतालाई अपहरण गरेर लंका लगेको, राम लंका गएर सीतालाई ल्याउन गरेको कथालाई देखाइएको छ । चलचित्रमा प्रभास–राम, कृति सेनन–सीता, सन्नी सिंह–लक्ष्मण र सैफ अली खान–रावणको भूमिकामा रहेका छन् ।

ओम राउत निर्देशित चलचित्र आगामी जुन १६ देखि प्रदर्शन हुन तयारीमा रहेको छ । ‘आदिपुरुष’ पेन  इन्डिया चलचित्र हो । यो हिन्दी बाहेक अन्य धेरै भाषामा रिलिज हुनेछ । नेपालमा पनि यो चलचित्र रिलिजको तयारी भएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया