वैशाख २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ज्याकी :आईएम ट्वान्टीवान’ले मोफसलका स्टेसनहरुमा प्रचारप्रसारलाई तिव्रता दिएको छ । बुट्वल, नेपालगन्ज र काठमाडौंका विभिन्न स्थानमा पुगेर प्रचारप्रसार सकेको चलचित्र ‘ज्याकी :आईएम ट्वान्टीवान’ आज शुक्रबारबाट पूर्वका शहरहरुमा पुग्ने भएको छ।
शुक्रबार दमक र बिर्तामोडका दर्शक एवम् मिडियाकर्मीसँग चलचित्र टिमले साक्षात्कार गर्नेछ। भने त्यस्तै टिमले लगत्तै शनिबार धरान र इटहरीमा पुगेर दर्शकसँग भेटघाट गर्नेछ। चलचित्रका मुख्य पात्र धिरज मगर, जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, मिडिया कोर्डिनेटर विजय आवाज, सोसल मिडिया म्यानेजर विवेक खकुरेल लगायतको जम्बो टोली मोफसल यात्रामा खटिएको छ।
धिरज मगर आफ्नो डान्सर बन्ने सपना र बुवाको लाहुरे बनाउने सपनाबीचको अन्तरद्वन्द्वमा देखिएका छन्। चलचित्रमा बाबु र आफ्नो सपना फरक हुँदा एक छोराले डान्सर बन्नका लागि गरेको कडा संघर्ष गरेको ट्रेलरमा झल्किन्छ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको चलचित्रमा धिरजका साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सुर्यमान लिम्बु, विकाश जोशी, प्रदीप लामा, सुशान्त गौतमलगायत कलाकारको अभिनय छ।
आईकोर फिल्म्स ब्यानरमा निर्माण भएको चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी रहेको छ भने चलहित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन्।