Close sidebar

छायांकन सुरु नहुँदै ‘हात्तीछाप’को ओभरसिज राइट्स विक्री

चैत्र २२, २०७९

किरण नेपालीको निर्माणमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को छायांकन वैशाखबाट सुरु हुँदैछ । निर्देशक सिमोस सुनुवारले यो फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने गरि तयारी गरिरहेका छन् । यो फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् । नायक दयाहाङ राइले फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकेपछि यो फिल्मको छायांकन सुरु गर्नेछन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कविता आले लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यसैबिच, यो फिल्मको कुनै पनि दृश्यको छायांकन नै नभई यसको ओभरसिज राइट्स विक्री हुन थालेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्मको मिडिल इष्ट देशहरुको अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको सम्पूर्ण अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले मिडिल इष्ट देशमा फिल्मको प्रदर्शन अधिकार राम्रो रकममा खरिद गरेका हुन् ।

निर्माता किरण नेपालीले फिल्मको छायांकन नै सुरु नहुँदै विश्वभरबाट माग उच्च भएको बताएका छन् । यसैले, छायांकन अगाडि नै फिल्मको ओभरसिज अधिकार विक्री गरिसक्ने योजना आफ्नो रहेको उनको भनाई छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया