यहि शुक्रबारबाट रिलिजमा आउन लागेको चलचित्र `प्रसाद २´ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । केशव पाण्डेले निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै अदालत पाटनमा रिट दायर गरेका थिए । सोहि रिटलाई अदालतले नजर राख्दै चलचित्र प्रदर्शनमा रोक् लगाएको हो ।
पान्डेले अदालत जानुअघि चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए । तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे फिल्मको प्रदर्शन रोक्नु पर्ने माग राखेर उच्च अदालत पुगेका थिए ।थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ ।पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो । तर अहिले चलचित्र उनको नाम छैन ।