Close sidebar

‘शिरको नाम्लो’मा संचितालाई फकाउँदै धिरेन र सरोजले पोखे प्रेम

चैत्र १९, २०७९

अमेरिकामा रहेर पनि गायिका रानी शाक्य र गीतकार राजेश शाक्य गीतसंगीतमा सक्रिय छन् । उनीहरु, निरन्तर गीतसंगीत सार्वजनिक गरिरहेका छन् । यसैबिच, राजेश शाक्यको शब्द, गायिका रानी शाक्य, गायकद्धय सिडी विजयी अधिकारी र प्रताप दासको स्वर, सीडी विजयकै शब्दमा नयाँ गीत ‘शिरको नाम्लो’ सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोमा नायकद्धय सरोज खनाल र धिरेन शाक्यको साथमा नायिका संचिता लुइटेललाई देख्न सकिन्छ । भिडियोमा संचिताका लागि सरोज र धिरेनको झगडा परेको समेत देखाइएको छ । संचिताले व्यवस्था गर्दा पनि धिरेन र सरोज उनको पछि पछि लागेको रमाइलो दृश्य भिडियोमा हेर्न सकिन्छ ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन, माधब बेलबासेको सम्पादन छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियो रमाइलो छ । धिरेन र सरोज जस्ता चर्चित कलाकारको साथमा संचिताको नोकझोक र माया प्रेमको दृश्यले भिडियोलाई रोचक बनाएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया