Close sidebar

बिहे गरेको १० महिना नपुग्दै टुट्यो बर्षाको सम्बन्ध

फाल्गुन ३०, २०७९

नायिका बर्षा शिवाकोटीको प्रेम चर्चाको कुरा गर्ने  हो भने बयान गरी नसक्नु छ । अघिल्लो दिन प्रेममा परेर दोश्रो दिन सम्बन्ध चिसिनु उनको लागी केही हैन । प्रेम चर्चा र ब्रेकअप  को घेरा परी रहने उनले यसै बर्ष बिहे गरेकी थिइन्। बिहे नगरी प्रेममा परेर ब्रेकअप हुन त ठिकै हो ! तर अहिले बिहे गरेर पनि उनले सम्वन्ध टिकाउन सकिनन् ।

१० महिना नपुग्दै डिभोर्स भएको छ उनको । सिवाकोटीले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीन/चार हप्तामा वर्षा पनि अमेरिका उडेकी थिइन् ।तर, वर्षाले यसबारेमा कहिल्यै मुख खोलिनन् । अहिले ति कुराहरु फिल्ममा देखिएका सिन् जस्तो भएको छ । डिभोर्स भए संगै उनका पुर्व पतिले दोश्रो बिहे गरेका छन् ।

वर्षासँग विवाह गरेको १० महिनामै आशिषले सोमबार झापाकी एक युवतीसँग दोस्रो बिहे गरेका हुन् । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षा र आशिषको धुमधामसँग बिहे भएको थियो । तर, विवाहमा वर्षा निकट फिल्मकर्मीहरु समेत उपस्थित थिएनन् । न त उनीहरुले रिसेप्सन पार्टी नै आयोजना गरेका थिए ।आशिषसँग वर्षाको अमेरिका बसाईको क्रममा चिनजान भएको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया