Close sidebar

चलचित्र बहावको गीत ‘मन रोग’ सार्वजनिक

फाल्गुन २९, २०७९

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘बहाव’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा समावेश ‘मन रोग’ बोलको गीतमा सज्जा चौलागाईको स्वर, सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत रहेको छ ।

चलचित्रकी मुख्य अभिनेत्री सुरक्षा पन्तको खुसी, निराशा र छटपटीको भावलाई सार्वजनिक गीतको लिरिकल भिडियोमा प्रस्तुत गरिएको छ । गीतको पृष्ठभूमिमा देखाइएको पानीको बहावजस्तै कथाले पनि सुरक्षा पन्तको जीवनमा आउने बहावलाई देखाएको निर्देशक प्रमोदले बताए ।

‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । चलचित्रमा दुई पात्रबीचको अन्तद्वन्द्वपछिको विद्रोहलाई सुरक्षाको चरित्रमार्फत् देखाउन खोजेका छौं’, उनले स्पष्ट पारे । चलचित्रको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ । निर्देशक कँडेलका अनुसार ‘बहाव’ सत्य कथाबाट प्रभावित भएर निर्माण गरिएको हो ।

चलचित्रमा सुरक्षाका अलवा कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट र पवन श्रेष्ठको पनि अभिनय छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार चलचित्रको प्रस्तुति रहेको निर्माता श्रीधर पौडेल हुन् । पौडेलले यसअघि चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । निर्माता पौडेलले आफ्नो स्वन्त्रता आफैंमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथामा सिनेमा निर्माण गरेको बताए ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको चलचित्रमा अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । चलचित्रको आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया