Close sidebar

वीरगञ्जमा ९ सय दर्शकको उपस्थितीमा ‘द रघु’ को प्रिमियर शो सम्पन्न

फाल्गुन २१, २०७९

वीरगञ्ज, २१ फागुन । वीरगञ्जकै युवाहरुले निर्माण गरेको चलचित्र ‘द रघु’ को प्रिमियर गरिएको छ । वीरगञ्जको त्रिुमर्ती सिनेमा हलमा शनिवार साँझ ६ बजे ‘द रघु’ को प्रिमियर गरिएको हो । जुम आउट एण्ड शिवम् आर्ट फिल्म्सद्वारा ७० लाख रुपैयाँको लगानीमा निर्मित यस चलचित्रको प्रिमियरमा करिब ९ सय दर्शक उपस्थित थिए । 

भोजपुरी तथा हिन्दी भाषामा निर्मित यस चलचित्रको निर्देशन सुजित पटेलले गरेका छन् । उनले यही चलचित्रमार्फत ठूलो पर्दाको निर्देशनमा डेब्यु गरेका हुन् । कृष्णा दास तत्वा निर्माता हुन् भने प्रोडक्सन म्यानेजर राजा गुप्ता छन् । 

चलचित्रमा प्रितम कलवार, ओम आर्य, कामेश्वर चौरसिया, सुनिल पण्डित, अजमत अली, प्रकाश शर्मा, मनोज गुप्ता, सुनिल पण्डित, मुस्कान मल्लिक, दिब्या सिंहदेल, आराध्या श्रीवास्तव लगायतको अभिनय छ । रोशन जेहनलाई बाल कलाकारको रुपमा देख्न सकिन्छ । 

चलचित्रमा गीत, संगीत र गायनसँगै अभिनयमा पनि अजमत अली देखिन्छन् । अजमतसँगै पूर्णिमा र आयानले पनि स्वर दिएका छन् । २ घण्टा ५ मिनेट लामो चलचित्रले किसानको समस्या र शिक्षामा रहेको विकृतिलाई उजागर गर्ने प्रयास गरेको प्रोडक्सन म्यानेजर राजा गुप्ताले बताए । 

चलचित्रको प्रिमियर हेरीसकेपछि कन्या माविकी प्रधानाध्यापिका एवम् साहित्यकार अनिता साहले स्थानीय युवाहरुको प्रयासलाई सह्राना गरिन् । उनले भनिन्, ‘वीरगञ्जकै युवाहरुले आफै यतिसम्म बनाउनु भनेको एकदम राम्रो हो । चलचित्र हेरीसकेपछि मैले सोचेभन्दा पनि राम्रो पाए ।’ 

वीरगञ्ज संगीत कला परिषद्का उपाध्यक्ष साबिर हुसैन पनि अरु फिल्मको तुलनामा द रघु उत्कृष्ट बनेको प्रतिक्रिया दिए । चलचित्रले वीरगञ्जसहित नेपाली समाजको यथार्थलाई चित्रण गरेको उनको भनाई छ । हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष रिशु कुमार वर्मा पनि द रघुको कथा र प्रस्तुतीसँग सन्तुष्ट छन् । यस चलचित्रको छायांकन वीरगञ्ज, हेटौडा, जितपुर, काठमाण्डौ लगायतका स्थानमा गरिएको छ । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया