Close sidebar

चलचित्र ‘बिहे पास’ को टिजर सार्वजनीक

फाल्गुन १०, २०७९

चलचित्र ‘बिहे पास’ को टिजर सार्वजनीक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठलाई पति पत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटीरहेको देखिन्छ ।

टिजर


प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको चलचित्रका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्रलाई निर्माण पक्षले नयाँ बर्ष २०८० को उपहार स्वरुप बैशाख १ गते देखी प्रदर्शनमा ल्याउने छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया