यही शुक्रबार अर्थात माघ २० गते देखी रिलिज हुने नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’को प्रिमियर गरिएको छ । मंगलबार साँझ काठमाडौँमा गरिएको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका बिशिष्ट व्यक्तिहरु पत्रकारहरु तथा चिकित्सा एवं व्यापारिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै अतिथीहरुले अपेक्षाभन्दा राम्रो भएको प्रतिक्रिया दिए । बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, दीपाश्री निरौला, किरण केसी, रमेश उप्रेती, शिवहरी पौडेल, यश कुमार, केदार घिमिरे, पत्रकारहरु प्रकाश सुवेदी, कृष्ण कँडेल, टिकाराम यात्री लगायतले चलचित्रको खुलेर प्रशंसा गरे । हाँस्य विधामा चर्चित जितु नेपालले निभाएको भूमिकाको उनिहरुले खुलेर प्रशंसा गरेका थिए भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार बिजय बरालको पनि चौतर्फी तारिफ भएको थियो भने छायांकन सुदीप बरालको कामको पनि प्रशंसा गरिएको थियो ।
दुई फरक जीवन बाँचिरहेका पात्रको प्रेमकथामा आधारित यो चलचित्रका निर्देशक दन्त चिकित्सक कपिल रिजाल हुन् । उनका पिता डा. भोला रिजालले यो चलचित्र निर्माण गरेका हुन् ।