Close sidebar

ग्याङस्टर लुक्समा अनमोलको ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक

पुस १८, २०७९

अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने सिनेमाको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो ।

फस्टलुक रिलिज भएसंगै चर्चामा रहेको सिनेमाको नयाँ पोस्टरले दर्शकको ध्यान तान्न सफल हुन्छ । नयाँ सालमा अनमोलका फ्यानका लागि नयाँ पोस्टर उत्कृष्ट उपहार बन्न सक्छ ।

ग्याङस्टर जनरामा निर्माण भएको सिनेमाकोे पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि फिचर्ड छन् । अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया