Close sidebar

‘ह्यारी कि प्यारी’को पहिलो गीत : रेखाको ठुम्काले धरहरा हल्लियो

पुस १४, २०७९

चलचित्र निर्माता तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालद्वारा निर्देशित डेब्यू चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित गीत सार्वजनिक कार्यक्रममा रेखाले छायांकनको बेला हदै जाडो भएकाले नृत्यमा भएको कमजोरीको दोष आफूले लिने बताइन् । ‘धरहरा हल्लियो’ बोलको गीतमा अभिनेत्री रेखा थापाले ठुम्का लगाएकी छन् भने उनलाई मुख्य कलाकार जितु नेपाल र विजय बरालले नृत्यमा साथ दिएका छन् । कविराज गहतराजले गीतमा कोरियोग्राफी गरेका हुन् ।

मिना पोखरेल र सपन कुमार राईको गायन रहेको गीतमा शिखर सन्तोषको संगीत र डा. भोला रिजालको शब्द रचना छ । गीतको अडियो पक्ष बलियो छ । तर, गीतको लयअनुसार भिडियोमा कोरियोग्राफी बग्न सकेको छैन ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा रेखा थापा गीतमा मात्र देखिनेछिन् । जितु र विजयको अलावा चलचित्रमा साम्राज्ञी आरएल शाहको पनि मुख्य भूमिकामा छ । लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको चलचित्रको प्रस्तुतकर्ता रिजाल स्वयं हुन् । उनी पेशाले दन्त चिकित्सक हुन् ।

चलचित्रमा निर्देशक रिजाल स्वयंको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा तथा संवाद लेखेका हुन् भने सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । चलचित्रको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो । आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र पारिवारिक कथामा निर्माण भएको निर्देशक रिजालको भनाई छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया