Close sidebar

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न

पुस ६, २०७९

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए । नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प नापेका थिए । नेपाली पोशाकलाई अन्र्तराष्ट्रि स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको दाबी सन्तोषको छ ।

कोरोना महामारीपछि पहिलो पटक आफुले ठुलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाई छ । हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीकका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निककै मन परेकाले अन्र्तराष्ट्रिय बजार प्रवद्र्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् । सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाली कला र संस्कृतीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो ।

हेरिटेज अफ फेसनकोे दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भैसकेको थियो । यो फेसन शोका सञ्चालक अधिकारी सिनेमा निर्माता समेत हुन । सन्तोष दीपेन्द्र के खनाल निर्देशित सिनेमा आमाका सह निर्माता र अर्पण थापा निर्देशित सिनेमा तीन जन्तुका निर्माण गरिसकेका छन्, डलर एयुडी छायांकनको तयारी चलिरहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया