Close sidebar

किरण नेपालीको ‘हात्तीछाप’मा दया अनुबन्धित

पुस १, २०७९

काठमाडौं – निर्माता किरण नेपालीको आगामी सिनेमा ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । विहिबार बेलुका दयाहाङ र किरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आफु प्रस्तुतकर्ता रहेको ‘दुई नम्बरी’ले व्यवसायिक सफलता प्राप्त गरेपछि निर्माता नेपालीले दयाहाङसंग पुन: टिमअप गरेका हुन् ।

गत असोजमा रिलिज ‘दुई नम्बरी’मा दयाहाङले मुख्य भूमिका निर्वाह गरेका थिए । ‘हात्तीछाप’को अर्का मुख्य अभिनेताको रुपमा सौगात मल्ल, खगेन्द्र लामिछाने र विपिन कार्की मध्ये एकजना छनोट गरिने नेपालीले जानकारी दिए ।

सिमोस सुनुवारले निर्देशन गर्ने ‘हात्तीछाप’को लागि मुख्य अभिनेत्री भने अडिसन मार्फत छनोट हुनेछिन । सिनेमाको पटकथा प्रदीप भारद्वाजको हो । यस वर्ष उनि लिखित ‘झिङ्गेदाउ’ले व्यवसायिक सफलता हाँसिल गरेको थियो । ‘हात्तीछाप’को कथा सारांशबारे भारद्वाज भन्छन, ‘हिङ नभए पनि हिङ बाँधेको टालोको प्रवृत्तिको कथा हो यो । मान्छेसँगै सबै कुरा सकिए पनि ऊ सँग अझै अक्कड बाँकी छ ।’

फागुनपछि छायांकनमा जाने तयारीमा रहेको ‘हात्तीछाप’पछि निर्माता नेपाली ‘दुई नम्बरी’को दोस्रो शृंखलाको निर्माणमा जुट्नेछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया