Close sidebar

पुनमको निम्तोमा आए भारतीय अभिनेता ओबराय नेपाल

मंसिर २९, २०७९

काठमाडौँ । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आएका छन् । उनी नेपाली व्यवसायी पुनम यादवको निम्तोमा परिवारसहित नै घुम्न नेपाल आएका हुन् ।

बुधबार नेपाल पुगेका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका थिए । नेपाल बसाइका क्रममा उनले पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम पनि तय भएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया