Close sidebar

चलचित्र ‘डिसेम्बर फल्स’को “दमदार” टिजर सार्वजनिक

मंसिर १, २०७९

आउदो पुष १५ गतेबाट प्रदर्शनमा आउन चलचित्र ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १५ सेकेन्डको टिजर दमदार छ । लभ, एक्सन, सस्पेन्स र थ्रिलर समेटियको टिजरमा अभिनेता आर्यन सिग्देल बदलाको भावनामा प्रस्तुत भएको देखिन्छ भने नर्सको भूमिकामा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीको चरित्रले सस्पेन् छ । आर्यन र उपासनाले पहिलो पटक एकसाथ काम गरेका यो पहिलो चलचित्र हो ।

टिजर

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ रिजालको पाँचौ चलचित्र हो । चलचित्रमा अर्यान र उपासना अलावा नरेश भट्टराई, सलोन बस्नेत, सुमन थापा, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको दृश्य सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया