Close sidebar

प्रदीपलाई भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड

कार्तिक २८, २०७९

दशैंको अवसर पारेर भारतसँगै नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबबाट अभिनेता प्रदीप खड्काले उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका छन् । यही नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उनले डेब्यू अभिनेताको अवार्ड जितेका हुन् ।

यो फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी डबसहित भारत, रुस, डेनमार्क, अमेरिका, यूके, इजिप्ट लगायतका देशका दर्जन बढी चलचित्र प्रतिस्पर्धामा थिए । केही हप्तादेखि भारतमा रहेका प्रदीपको ‘प्रेमगीत ३’को हिन्दी डब प्रदर्शन भएसँगै बलिउडकर्मीसँग निकटता बढेको छ । उनी दुई हप्ता अगाडि मुम्बईमा भएको बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा समेत सहभागी भएका थिए ।

‘प्रेमगीत ३’को भारत प्रदर्शनले प्रदीपलाई बलिउड प्रवेश गर्नका लागि ठूलो ढोका खोलेको छ । स्रोतका अनुसार, चाँडै उनले एक बलिउड फिल्म साइन गरेको खबर सार्वजनिक हुन सक्नेछ । उनी यसैका लागि निर्माता सन्तोष सेनको साथमा दुई/तीन हप्तादेखि मुम्बईमा छन् ।

‘प्रेमगीत ३’ अभिनेता खड्काको करिअरकै सर्वाधिक कमाई गर्ने पहिलो चलचित्र हो । नेपालमा यो चलचित्रले हिन्दी र नेपाली भर्सनले ठूलो कमाई गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया