Close sidebar

फागुन १३ मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’

माघ २६, २०७८

नेपालगन्ज – प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । मंगलवार नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले चलचित्रलाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । चलचित्रले प्रदर्शन मिति तोकेको यो चौथो पटक हो । अन्ततः निर्माण टिम सफल भएको छ ।

सुदर्शन थापा निर्देशित तथा निर्मित चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर फिल्मको कथा लेखेका हुन् । यो चलचित्रको अघिल्लो सिरिज बक्सअफिसमा असफल भएको थियो । दोस्रो सिरिजले पनि सफलता हासिल गर्ने धेरैको विश्वास छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया