Close sidebar

चलचित्र ‘चपली हाइट ३’लाई मल्टीप्लेक्सहरुमा उच्च शो

पुस २९, २०७८

नेपालगन्ज – अर्जुन कुमार निर्मित तथा निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ भोली शुक्रवारबाट प्रदर्शन हुने भएकोछ। २०७६ सालमा कोरोना महामारीका कारण चलचित्रको रिलिज रोकिएको थियो । हलहरु सन्चालनमा आएपछी पुष २ गतेलाई निर्माण टिमले चलचित्र रिलिज घोषणा गरेको थियो। तर, सोही मितिमा साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ र हलिउड चलचित्र ‘स्पाइडर म्यान : नो वे होम’ प्रदर्शन हुने भएपछि निर्माता अर्जुन कुमारले चलचित्रलाई पुष १५ हुँदै पुष ३० मा प्रर्दशन गर्नका लागि तर सजिलो कहाँ थियो र किनकी यही मितिमा साउथको हिन्दी डब फिल्म ‘राधे श्याम’ आउने तयारीमा थियो ।

कोरोना कहरले साउथका दुवै चलचित्र अनिश्चितकालका लागि रोकिएपछि ‘चपली हाइट ३’ लाई लोट्री नै परेको छ। भन्दा फरक नपर्ला !

यतिबेला मल्टीप्लेक्सहरुमा ‘पुष्पा’, ‘स्पाइडर म्यान’, ‘अतरंगी रे’ र नेपाली च्लचित्र ‘कठपुतली’ प्रदर्शन भैरहेको छ । भोली बाट हलमा नयाँ
अन्य नेपाली र विदेशी चलचित्र नहुँदा ‘चपली हाइट ३’ ले मल्टीप्लेक्सहरुमा उच्च शो हात पारेको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्सले आफ्नो ९ वटा मेजर स्टेशनमा २६ शो दिएको छ । बिहीवार साँझसम्म अरु शो बढ्नेमा निर्माण टिम आशावादी छ ।

त्यस्तै, चलचित्रले क्यूज सिनेमाजमा ५ शो, कीर्तिपुर सिनेप्लेक्समा २ शो, सिनेमाजमा सिएमाजमा ५ शो, सिडिसी सिनेमाजमा ५ शो, बिग मुभिजले ४ शो, आइएनआइ सिनेमाजमा ४ शो पाएको छ । बुधवारबाट काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुले चलचित्रको बुकिङ खुलाएका छन् । फिल्मको एडभान्स बुकिङ भने औसत रहेको पाइएको छ । चलचित्रले सिंगल थिएटरमा पनि पर्याप्यत शो पाएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको अभिनय छ । चलचित्रमा आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया