चैत्र २७ गते बाट प्रदर्शनमा आउने चलचित्र “कृष्ण लीला” को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ” कुनै दिन यस्तो पनि” बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पुष्प खड्का र श्रद्धा छेत्री फिचर्ड छन् । सुगम पोख्रेल र अन्जु पन्तले आवाज भरेको गीतमा संगीत अर्जुन पोख्रेलको रहेको छ जहाँ पुर्शोतम दुङगेल र नारायण सापकोटाको संयुक्तमा गीतको शब्द रचना भएको छ । दीपक ओलीले निर्देशन गरेको चलचित्रमा प्रकाश कार्की र केवल तामाङको लगानी रहेको छ । चलचित्रको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।
आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माताको रूपमा रत्न श्रेष्ठ रहेक छन् । पूर्वी नेपालको पाँचथर, इलाम, झापा लगायतका जिल्लाका विभिन्न रमणीय स्थलमा यो चलचित्रको छायांकन गरिएको छ । पुष्प र श्रद्धाको अलावा चलचित्रमा बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारले अभिनय हेर्न पाइनेछ ।