अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ यस वर्ष इदमा रिलिज हुने भएको छ । सलमानले सामाजिक सञ्जाल मार्फत फिल्म घोषणा अनुरुप इदमै रिलिज हुने जानकारी दिएका छन् । केहि दिन अगाडी फिल्म ‘राधे’ लाई इदमा हलमै रिलिज गर्न प्रदर्शकहरुले आग्रह गरेका थिए । यद्दपी सलमानले जवाफ दिएका थिएनन् । उनले आफ्नो टिमसँग सल्लाह गरे ।
यसका साथै तमिल फिल्म ‘मास्टर’ गरिरहेको व्यापारलाइ मध्यनजर गर्दै उनले फिल्म रिलिज गर्ने मनसाय बनाएका हुन् । त्यसो त जुनसम्ममा भारतमा धेरैले कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाईसक्नेछन् । यसैले गर्दा पनि उनको फिल्मले राम्रो व्यपार गर्ने अनुमान लगाईएको छ । फिल्म गत वर्षको इदमै रिलिज गर्ने तयारी भनिएता पनि कोरोना भाइरसले गर्दा सम्भव हुन् नसकेपछी यसवर्षको इदमा रिलिज गर्न लागिएको सलमानले उल्लेख गरेका छन् ।
फिल्ममा सलमानसँगै रणदीप हुदा , दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)