नायिका स्वेता खड्कालाई पुत्री लाभ भएको छ । उनले, आज छोरीलाई जन्म दिएकी हुन् । स्वेताले काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएको वुझिएको छ । आमा र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको वुझिएको छ ।
उनले अप्रेशनको माध्यमबाट छोरीलाई जन्म दिएकी थिइन् । स्वेता गतबर्ष प्रेमी विजेन्द्र सिंह राठौतसँग बिहे गरेकी थिइन् । स्वेताले आमा बन्न लागेको खबर केही महिना गोप्य समेत रोखकी थिइन् । तर, मिडियामा खबर सार्वजनिक भएपछि स्वेता सार्वजनिक कार्यक्रममा पनि देखिएकी थिइन् ।
केही दिन अगाडि मात्र स्वेताको बेबी सावरको आयोजना गरिएको थियो ।