नायिका नम्रता श्रेष्ठ बाहिरिएपछि चलचित्र ‘प्रसाद २’मा को नायिकाहुने भन्नेबारे सबैमा अन्योलता थियो। तर, अब भने त्यो समस्या हल भनेको छ । निर्माणपक्षले सोमबार नायिका केकी अधिकारीसँग संझौता गरेको छ ।
चलचित्र यही मंसिरबाट छायांकनमा जाने निर्माणपक्षको योजना रहेको छ । चलचित्रमा अब भने विपिन कार्की, केकी अधिकारी र अर्पण थापा मुख्य भूमिकामा रहनेछन् । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । सुशिल पौडेलले लेखेको कथामा सुवास थापाको लगानी रहनेछ । पहिलो सिरिजका मुख्य कलाकार नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रमा नहुने पक्का भएको छ ।