Close sidebar

अमेरिकामा ‘मारुनी’लाई उत्कृष्ट फिल्मको अवार्ड

अशोज ३१, २०७९

पूनम गौतम निर्मित तथा नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ले अमेरिकामा अवार्ड जितेको छ । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड’मा ‘मारुनी’ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको हो । उक्त अवार्ड कार्यक्रमका लागि यसै साता निर्मात्री गौतम अमेरिका पुगेकी थिइन् । अवार्ड हात पारेपछी पुनम भन्छिन् “यो अवार्डले आफूलाई अझ हौसला थपेको छ”। ‘हामी चाँडै अर्को फिल्म बनाउँदैछौं । जुरी, आयोजक र दर्शकबाट पाएको प्रतिक्रियाले काम गर्न थप जोश मिलेको छ ।

 

चलचित्र ‘मारुनी’ समलिङ्गी प्रेमकथामा निर्माण भएको थियो । समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रले घरेलू बजारमा व्यापार पनि राम्रै गरेको थियो । चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए ।

पूनम अब ‘मारुनी २’सहित दुई चलचित्र बनाउन योजनमा छिन् । उनका अनुसार, दुवै चलचित्रलाई उनले नै निर्देशन गर्नेछिन् । यतिबेला दुवै चलचित्रको स्क्रिप्टमा काम भइरहेको उनको भनाई छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया