अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । पारिवारिक श्रोतका अनुसार यतिबेला श्वेताको गर्भमा साढे ६ महिनाको सन्तान हुर्किरहेको छ ।
‘कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिनु भएको छ’, श्वेताको पारिवारिक श्रोतको भनाई छ । गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छिन् । व्यावसायलाई श्रीमान विजयन्द्र सिंह रावतले सम्हालिरहेका छन् ।
०७७ मंसिर २२ गते श्वेता र विजयन्द्रबिच विवाह भएको थियो । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् । श्वेता र विजयन्द्रलाई नयाँ सन्तानको लागि बधाई ।