पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ। गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘खोजी हिडे’ को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् ।
आफ्नो कार्य क्षेत्र अमेरिका नै भएपनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ । भिडियोमा डा.प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालले समेत अभिनय गरेका छन् । भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन।सापकोटाले झन्डै ३०० हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानालमार्फत सार्वजनिक गरिएको छ ।