गायक प्रमोद खरेल दुर्घटनामा परेका छन् । दाङको कार्यक्रममा जाने क्रममा खरेल बुधबार राती कार दुर्घटनामा परेका हुन् । अस्पताल पुगेर होस खुलेपछि प्रमोदले आफ्नो दुर्घटनाबारे बेलिबिस्तार लगाएका छन् ।
एउटा अर्को युद्ध जीन्दगीसँग
काठमाण्डूमा रेकर्डिङ सकेर हिजो साँझ नेपालगञ्ज फ्लाइट लिएर तुलसीपुर दाङको हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भिर दुर्घटनामा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ । अर्ध निन्द्रामै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात् कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्र झण्डै ४५ मिनटपछि मेरो होश आएछ । त्यसपछि पनि करिब ५/७ मिनट कहाँबाट आए कहाँ छु पत्तै पाइन । गाड़ीको Air bag / seat belt ले ज्यान जोगाएछ ।
सँगैका दुई आयोजक भाइहरु रकताम्य देख्दा झन मन झनै डरायो । राती ४ बजे होटल /अस्पतालबाट डिस्चार्ज भएर काठमांडू आइपुगे । काठमाण्डूमा करिब ६ घण्टा अस्पतालमा Ct scan लगायत सबै जाँच पछि bed rest मा छु । बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ । बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्तिमा ३/४ दिन सबै रेकर्डिङ र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाबमा फेरि एक पटक भगवानले हात थामिदिनु भएको छ ।