Close sidebar

पल शाहविरुद्ध बलात्कार आरोप लगाएकी नाबालिगले बयान फेरिन्

बैशाख ४, २०७९

तनहुँ- कलाकार पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी नाबालिगले अदालतमा आफ्नो बयान फेरेकी छन्। अदालतले बयान लिने क्रममा पीडित भनिएको नाबालिग गायिकाले बयान फेरेकी हुन्। 

आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन्। आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ। 

जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले प्रारम्भिक सनुवाई गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनी जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन्।

पलले आफूमाथि बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको र आफ्नो बयान भनेर अदालतमा बुझाएको पीडितको दाबी छ। 

जाहेरीपछि उनले ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ता दिँदासमेत आफूमाथि बलात्कार भएको बताएकी थिइन्। अदालतमा बयान फेरिपछि नाबालिग ‘होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया