Close sidebar

आज हुने “द दिभा ब्राईडल फेशन शो”को सम्पूर्ण तयारी पुरा

चैत्र ३०, २०७८

नेपालगन्ज –साईनो क्रियशन र मेकअप बाइ तारा ( एमबिटी ) काे संयुक्त आयोजनामा आज चैत्र ३० गते बालेगाउँ नेपालगन्जस्थित मेरो प्लानेट फनपार्कमा हुन गईरहेको “द दिभा ब्राईडल फेशन शो” सम्पूर्ण तयारी पुरा भएको छ । नव वर्ष २०७९ काे पूर्वसन्ध्यामा नेपालगन्जमा पहिलो पटक एउटा फरक प्रकारको फेशन शो आयोजना गरिन लागेको यो पहिलो पटकनै हो।

आयोजकका अनुसार बाँकेमा रहेर मोडलिङ क्षेत्रमा केही गर्छु भन्ने सोच भएका युवतीहरुलाई थप अवसर प्रदान गर्नुका साथै स्थानिय बुटिकहरुले तयार गरेका डिजाईनिङ लुगाहरु सबैमाझ देखाउनु शो को मुख्य उद्देश्य रहेको । यस क्षेत्रका ३ वटा बुटिकहरुले डिजाईन गरेका लुगाहरू २० जना मोडलहरुले लगाएर र्याम्प वाक गर्नेछन् ।

सधैं मोडलहरुको बिचमा प्रतिस्पर्धा गराएर विभिन्न टाइटल दिने कार्यक्रमको मात्र आयोजना गरिरहेको यस जिल्लामै संभवतः यस्तो प्रकारको कार्यक्रम नौलो र पृथक भएको हुँदा सबैले साथ र सहयोग गर्न आयोजकले आग्रह समेत गरेका छन् । कार्यक्रममा शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल परमिता आर.एल. राणा र सांगीतिक मनोरञ्जन प्रदान गर्न गायिका इन्दिरा जोशी आउँदैछिन् । साथमा स्थानीय ब्यान्ड र नृत्य कलाकारहरुको प्रस्तुती पनि रहनेछ । कार्यक्रम सञ्चालन यस क्षेत्रकै चर्चित रेडियो प्रस्तोता समिर मान श्रेष्ठ र मिस नेपालगन्ज २०१७ उपाधी विजेता दीपिका श्रेष्ठले गर्नेछन् ।

दर्शकहरुलाई कार्यक्रम हेर्न टिकट मूल्य ड्रिंक्स तथा स्न्याक्ससहित रु एक हजार र ड्रिंक्स , स्न्याक्स तथा डिनरसहित रु दुई हजार राखिएको छ भने प्रवेश मात्र रु ५०० काे टिकट राखिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको मुख्य प्रायोजकमा सिस्टर्स बुटिक , सह प्रायोजकको रुपमा पटुकी डिजाइन्स र गोल्डेन थ्रेड बुटिक रहेका छन् । टाइटल स्पोन्सर सिंह ज्वेलर्स , हस्पिटालिटि / भेन्यू पार्टनर मेरो प्लानेट , लाईट एंड साउण्ड पार्टनरमा आर इभेन्ट , म्युजिक पार्टनर प्रिसम , ग्राफिक डिजाइनर क्रियटिभ मोशन र मिडिया पार्टनरको रुपमा नेपालगन्ज ग्यालरी , बागेश्वरी टेलिभिजन , रेडियो बागेश्वरी र दैनिक नेपालगन्जले साथ दिइरहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया