नेपालगन्ज, चलचित्र ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र आगामी बैशाख १ गतेबाट नेपालभरका चलचित्र घरमा नयाँ बर्षको अवसरमा रिलिज हुँदैछ ।
उपस्थित सिनेमाकर्मी तथा सञ्चारकर्मीले चलचित्रको ट्रेलरलाई रुचाएका छन् । दोस्रो पटक जोडी बाँधएको अनमोल र सुहानाको जोडीलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । निर्देशक तथा अभिनेत्री झरना थापाले पनि राम्रो काम गरेका भन्दै चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरेका थिए ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्रको कथा पनि निर्देशक थापाले नै लेखेकी हुन् ।