नेपालगन्ज – चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनीक भएको छ । लभ,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ रहेको चलचित्र चैत्र ११ गते बाट प्रदर्शन हुने छ । हेर्नुहोस् ट्रेलर :
एभरेष्ट सूर्य बोहराको निर्देशनमा निर्माण भएको चलचित्रमा अभिनेता बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत र निर्देशक बोहरा स्वयम् प्रस्तुत छन । सत्य घटनाबाट प्रभावीत चलचित्रको अधिकांश छायांकन बेलायतमा गरिएको हो । महंगो बजेटमा निर्माण भएको चलचित्रका निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा,सम्वाद रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको चलचित्रको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । चलचित्रमा भारतीय चर्चित कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी हेर्न सकिन्छ। अत्याधीक भिएफएक्स प्रबिधिको उपयोग गरिएको चलचित्रमा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसार्इँ,विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेतका साथमा सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ ।
आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको सहायक निर्देशनमा मार्लोभ ढुंगाना र सीमा गुरुङ छन् भने मुख्य सहायक निर्देशक सुदीप कुँवर र एलिस अधिकारी हुन् । सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको चलचित्रको सम्पादन मित्र डि.गुरुङले गरेका हुन । चलचित्रको केही दिनमै पहिलो गीत सार्वजनीक हुने निर्देशक बोहराले दिएका छन् ।