Close sidebar

पल-समिक्षा प्रकरणमा नयाँ नयाँ ट्वीस्ट

फाल्गुन १२, २०७८

नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणमा नयाँ नयाँ ट्वीस्ट आइरहेका छन् । समिक्षाले पल बिरुद्ध तनहुँमा जबरजस्तीकरणीको जाहेरी दिएकी छिन् । समिक्षाको जाहेरी पश्चात् पललाई पक्रन प्रहरी परिचालित छ । यही बिचमा पलले समिक्षासँग आफुलाई आफ्नै साथी भाईले षडयन्त्र पुर्वक फसाएको आरोप लगाएका छन् ।

बिहिबार आफ्नो अफिसियल फेसबुक मार्फत पलले अडियो सहित समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गर्ने व्यक्तिको नाम समेत सार्वजनिक गरेका छन् । पलको पुरा स्टाटस यस्तो छ :

नमस्कार म पल शाह 🙏 म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया