नेपालगन्ज – नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । ‘एनिमल’ टाइटलमा बन्न लागेको फिल्ममा कार्कीले बलिउड सुपरस्टार अनिल कपुरसँग स्क्रिन शेयर गर्ने बताईएको छ । यो फिल्ममा अनिलसँगै रणविर कपुरको पनि प्रमूख भुमिका रहनेछ । विपिनलाई उनको फिल्म ‘सेल्फी किङ्ग’को अभिनय हेरेर ‘एनिमल’मा अफर गरिएको बताईएको छ ।
यसको सुत्रधार ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटा हुन् । विशालले ‘एनिमल’का निर्देशक सन्दीप रेड्डी भांगाको तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बनाउने तयारीमा छन् । ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबिर सिंह’ थियो । यसअघि फिल्म ‘बर्फी’मा रणविरसँग नेपाली कलाकार भोलाराज सापकोटाले सँगै अभिनय गरेका थिए ।