Close sidebar

राजेश हमालले बलिउड चलचित्र खेल्ने

पुस १४, २०७८

अभिनेता राजेश हमाल लाई बलिउड फिल्ममा खेलाउने तयारी भएको छ l निर्माता राजेश चौधरीले हमाल सँग फिल्ममा सहकार्य गर्ने चाहना भएको उनको भनाइ छ l चौधरी भारतीय फिल्मका निर्माता हुन् l उनले हमाल सँग एक हिन्दी गीतमा पनि सहकार्य गरेका छन्  l उक्त कुरा चौधरी आफैँले पनि एक भारतीय संचारमा भनेका छन् l भारतीय मिडियासँग कुराकानी गर्दै निर्माता चौधरीले भनेका छन्, ‘राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनुहुनेछ ।

बलिउड फिल्मको पनि तयारी भइरहेको छ । उहाँसँग सहकार्य गर्नका लागि उत्साहित छु ।’ निर्माता चौधरीले निर्माण गरेको हिन्दी गीतको भिडियो सार्वजनिक गर्न यति बेला नायक हमाल मुम्बईमा छन् । हमाल सोमबार मुम्बई पुगेका हुन् l उनी निर्मित गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक गरिएको थियो । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय रहेको छ ।  

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया