नेपालगन्ज- हरर चलचित्र ‘कठपुतली’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो। तर,पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको भन्दै टिप्पणी भएको थियो।

विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ । २ मिनेट ९ सेकेण्डको ट्रेलरमा कर्माको अभिनयले ध्यान खिच्छ ।
ट्रेलर
भिमसेन लामा निर्देशित चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने सम्पदा मल्लले लेखेकी हुन् ।
अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।