नेपालगन्ज – आउँदो पुष ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चुरिफुरी’ यतीबेला प्रचार प्रसारमा ब्यस्त छ । ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्रको ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिय दिएका छन् । चलचित्रको चर्चा गीत संगीत ट्रेलरले जती हुने गर्छ त्यती नै चर्चा चलचित्रमा अनुबन्धित कलाकारहरुको नहुने त कुरै भएन । चलचित्रमा १ दर्जन भन्दा बढी कलाकार छन् । आफ्नो अभिनयलाई दर्शकले रुचाउने र अफुले गरेको काम बाट दर्शक आकर्शित गर्ने विश्वाश कलाकारलाई हुनु शोभाबिक हो। अब कुरा गरौ चलचित्रमा समाबेश प्रमुख एक पात्रको ।
सोना बज्रचार्य यो नाम नेपाली चलचित्र क्षेत्रकालागी नयाँ हो तर नौलो भने होइन । किन भने सोनाले केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । सोनाको यो डेब्यु चलचित्र हो । चुरिफुरीको बारेमा सोना सँग हामीले गरेको कुराकानीमा – सोनाले चलचित्रमा आफु स्वीट लभिङ गर्लको भूमिकामा रहेको बताइन् । आफ्नो भूमिकालाई पूर्णरुपले न्याय गरेको छु भन्ने सोनालाई विश्वाश छ । चलचित्र आँफैमा राम्रो भएकोले पनि सोनालाई दर्शक बाट राम्रो रेस्पोन्से पाउने पर्खाई छ। यो क्षेत्रमा भबिस्य खोजिकी सोनालाई धेरै धेरै शुभकामना ।
चलचित्रमा अष्ट्रेलिया जान लाग्दा र जग्गा किन्दा ठगिएकाहरुको कथालाई कमेडी शैलीमा देखाइएको छ । चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
राहुले राइले छायांकन गरेको चलचित्रमा भिमफेदी ग्रुपको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । चलचित्रको निर्मातामा- निर्देशक आचार्य र रिना ढकाल हुन् भने सह–निर्माता विमला भुसाल, राजेन्द्र खाती, खेमराज भण्डारी र शिव थापा छन् । सोसल कमेडी जनरामा निर्मित चलचित्रको कथा, पटकथा र संवाद ऋषिराज स्वयंले तयार पारेका हुन् ।