Close sidebar

एक्सन प्रधान चलचित्र ‘आँधी तुफान-२’ को टिजर सार्वजनिक

मंसिर २६, २०७८

नेपालगन्ज- थ्री लेडी स्टारर एक्सन प्रधान नेपाली कथानक चलचित्र ‘आँधी तुफान-२’ को टिजर सार्वजनिक भएको छ । ४५ सेकेण्डको टिजरमा चलचित्रको मुख्य पात्र ३ अभेनेत्रीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अन्य कलाकारलाई पनि देख्न सकिन्छ । टिजर हेर्दा र नामले नै चलचित्र एक्सन जनरामा बनेको अनुमान लगाउन सकिन्छ । बहु चर्चित चलचित्र लेखक मौनता श्रेष्ठको २०६२ सालमा प्रदर्शन भएको सुपरहिट चलचित्र ‘आँधी तुफान ‘ काे सिक्वेल ‘आँधी तुफान २’ डेढ दशक अघि व्यावसायिक रूपमा सफल मानिएको चलचित्रको हो । मौनताले १२५ बढि नेपाली चलचित्र लेखेका छन् ।

टिजर

चलचित्रलाई निर्देशक मदन घिमिरेले निर्देशन गरिरहेका छन भने चलचित्रमा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, आरती आचार्य, रिचा थापा, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल लगायतको अभिनय रहने छ । चक्र घर्ती निर्माता रहेको चलचित्रमा सुरेश अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्‍द, कमल राईको नृत्य निर्देशन तथा रामशरण उप्रेतीको छायांकन रहनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया