नायक राजेश हमालले नयाँ जीप कम्पास किनेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् । ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिए । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने । केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि पि्रमियम एसयुभी सेग्मेन्टमा जीपको विक्री उल्लेखनीय रुपमा बढिरहेको कम्पनीको दावी छ ।
नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार टि्रममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।