Close sidebar

फागुन १३ मा रिलिज हुने भयो ‘प्रेमगीत ३’

मंसिर ९, २०७८

दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’को नयाँ प्रदर्शन मिति तय भएको छ । यो चलचित्र फागुन १३ गतेबाट देशभर प्रदर्शन हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

सामाजिक सन्जालमा आफ्नो भनाइ लेख्दै उनले दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र रिलिज गर्न लागेको बताए । यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया