Close sidebar

‘प्रभाव’मा विवेकसँग रोमान्टिक साम्राज्ञी

कार्तिक २, २०७८

काठमाडौँ

त्यसो त अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह म्युजिक भिडिओ नखेल्ने अभिनेत्रीमा पर्थिन्। तर, अब साम्राज्ञी पनि धमाधम म्युजिक भिडिओमा अभिनय गर्न थालेकी छन्। केही दिन अघि मात्र साम्राज्ञीले अभिनय गरेको एक म्युजिक भिडिओ सार्वजनिक भएको थियो। गत शुक्रबार फेरि ‘प्रभाव’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ।

शेखर बाबू कशाजुले निर्देशन गरेको भिडिओमा साम्राज्ञीले विवेक खड्कासँग रोमान्स गरेका छन्। सुशान मगरले खिचेको भिडिओलाई प्रविन श्रेष्ठले सम्पादन र कलर गरेका हुन्। भिडिओमा प्रकाश विक्रम थापाले लगानी गरेका हुन्। गीतमा पनि प्रकाशकै स्वर रहेको छ। गीतमा सुरज शर्माको संगित छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया