Close sidebar

सुप्रियासँग कसे सुदर्शन थापाले लगनगाँठो

अशोज २३, २०७८

नेपालगन्ज। लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरेका सुदर्शन थापाले जीवनको नयाँ अध्याय सुरु गरेका छन् । गत महिना आफ्नो जन्मदिनको अवसर पारेर अभिनेत्री तथा समाचार वाचिका सुप्रिया कटुवालसँग औंठी साटेका उनी शुक्रवार विवाह बन्धनमा बाँधिएका छन् । विहानको ११ गतेदेखि गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ ।  स्वयम्बरपछि सुदर्शन र सुप्रियाले एकसाथ खिचेको तस्विर मिडियाहरुलाई प्राप्त भएको छ । जसमा उनीहरु दुलहा र दुलहीको पहिरनमा निकै खुसी मुद्रामा देखिएका छन् । विवाह समारोहमा दुई पक्षका परिवार र केही फिल्मकर्मीहरुको उपस्थिति रहेको छ ।

यो जोडीले शनिवार नक्सालको एक बुटिक होटलमा आफन्त, इष्टभित्र, साथीभाई र फिल्मकर्मीका लागि प्रिति भोज राखेको छ । अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो । एक वर्षअघि सुदर्शनको जन्मदिनमा उनीहरुबीच पहिलो पटक देखादेख भएको थियो । सुप्रिया अहिले एपि वान टिभीमा समाचार वाचन गर्छिन् । उनले केही म्यूजिक भिडियोसँगै फिल्म ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् । सुदर्शनले ‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशकको रुपमा डेब्यू गरेका थिए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया