Close sidebar

चलचित्र ‘१२ गाउँ २’को प्रेमिल गीत ‘लालीगुराँस’ सार्वजनिक

अशोज १६, २०८३

वर्षकै प्रतिक्षित मध्येको एक चलचित्र ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर छ ।

गीतमा शब्द र संगीत युग भुसालको रहेको छ ।

प्रेमिल गीतले प्रकृतिलाई बिम्व बनाए एकअर्काप्रतिको समपर्ण प्रस्तुत गरेको छ । युवक र युवतीले एक अर्कालाई चाहेपछिको समपर्ण गीतमा समेटिएको छ ।

प्रेमको बन्धनमा परेपछिको मायालु जोडीले गर्ने अनुभव र कल्पना गीतमा उल्लेख छ । मायालुको सम्झनामा नाम नै जीवन ज्यूनका लागि काफी हुने आदर्श समेत गीतले समेटेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको नृत्य छ । कोरियोग्राफी रामजी लामिछानेको छ ।

विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ २’ असोज ३० गते फूलपातीका दिनबाट प्रदर्शनमा आउँदैछ ।

सिनेमामा समीर र कृशुसहित निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

यसै सिनेमाबाट कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको सिनेमाको कथा सन्तोष सरकारले लेखेका छन् । छायांकन महेश पौडेलले गरेका छन् ।
सिनेमामा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया