नेपालगन्ज । चलचित्र क्षेत्रमा सबै भन्दा धेरै चलचित्र निर्देशन गर्ने निर्देशक हुन निर्देशक शोभित बस्नेत। बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा जातका कारण परिवार,समाजमा भोग्नु परेको अनेक दुःखलाई देखाउन खोजिएको छ । चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल सलोन बस्नेत, रुबिना थापालगायत फिचर्ड छन् ।
काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको चलचित्र यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ । चलचित्र ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुनेछ ।