Close sidebar

पल–मलिकाको ‘अचेल किन कान्छी’ सार्वजनिक, सामूहिक विवाहमा छमछमी

अशोज १३, २०८३

यहीँ असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘आ बाट आमा २’को गीत रिलिज भएको छ। निर्माण टिमले प्रचारप्रसार स्वरुप फिल्ममा समावेश गीत ‘अचेल किन कान्छी’को भिडियो रिलिज गरिएको हो।

डान्सिङ गीतमा पल शाह,मलिका महत,आकाश श्रेष्ठ लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। सामुहिक विवाहमा उनीहरुको नाच रहेको छ। दुलाहाहरुले समेत छमछमी नाचेका छन्। जुन दृश्य निकै उत्कृष्ट लाग्छ। यस गीतको कोरियोग्राफी गंभिर बिष्टले गरेका छन्।

उक्त गीतको भिडियो हिजो मात्रै सुटिङ गरिएको हो। यस गीतको शब्द रचना,संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा रवि ओड र गंगा सोनामको रहेको छ। साथै सामुहिक स्वरमा भने शंकर सिङ ठकुरी,प्रेम राई अञ्जना खतिवडा,सुस्मिता दाहालको छ। गीतको भिडियोलाई दर्शकले निकै रुचाएको देख्न सकिन्छ। पल शाह र मलिका महतको यो पहिलो फिल्ममा सहकार्य हो।

चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन्।

करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया