Close sidebar

मुनाको बलिउड म्युजिक भिडियो “हम तुम” सार्वजनिक

चैत्र ३०, २०७७

नेपालगन्ज- मुना गौचनको बलिउड म्युजिक भिडियो “हम तुम” सार्वजनिक भएको छ । गीतमा अलौकिक राही र आनन्द बि सेशाद्रीको शब्द रचना, नरेश आनन्दको संगीत, बेनी दयाल र जोनिता गान्धीको स्वर रहेको छ । सुमित बरुवाले निर्देशन गरेको भिडियोमा मुना संगै अनिकेट चिन्दक र रोहण सिंहको अभिनय रहेको छ। भिडियोबाट मुनाले राम्रो चर्चा पाईरहेकी छन् । विभिन्न ब्रान्डका विज्ञापन, फोटोसुट एवं म्युजिक भिडियोमा सक्रिय मुनाको राम्रै चर्चा हुने गरेको पाइन्छ ।

सानो छँदा डाक्टर बन्ने चाहना राख्ने मुना यती बेला ब्यस्त मोडेलको रुपमा पारीचित छीन् । मोडलिङ क्षेत्रमा राम्रो चर्चा पाए सङै उनले मुम्बईमा पहिलो विज्ञापन क्लोज अपको गरेकी थिइन् । नेपाली मोडलका रूपमा संसारमै छुट्टै पहिचान बनाउने सपना बोकेकी मुनाको सपना पुरा होस् । ‘एम एण्ड एस’ म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले ‘टिजीआईएफ फेसन विक २०१६’ मा पनि सहभागिता जनाएकी थिईन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया